७ वैशाख २०८१ शुक्रबार
शिक्षा

जुम्लामा निजी विद्यालयले ५० विपन्न बालबालिकाहरू निःशुल्क पढाउँदै

जुम्लाको एसिया ईन्टरनेश्नल बोडिङ स्कुलले ५० जना विपन्न बालबालिकाहरूलाई निःशुल्क शिक्षा दिइरहेको छ। चन्दननाथ नगरपालिका–५ मा अवस्थित एसिया ईन्टरनेश्नल बोडिङ स्कुलमा आमा बुबा नभएका, आपांगता भएका र विपन्न गरी ५० जना बालबालिकालाई निःशुल्क अध्ययन गरिरहेका विद्यालयले जनाएको छ। 

विपन्न बालबालिकाका अभिभावकहरूले निजी स्कुलले आफ्नो बालबालिकालाई निःशुल्क शिक्षा दिएर ठुलो सेवा प्रदान गरेको बताएका छन्। त्यहीँ स्कुलमा पढ्ने चन्दननाथ नगरपालिका – १ का सावित्री महताराका आमा बुबा हुनुहुन्न, अहिले उनी उक्त स्कुलको कक्षा  ८ मा निःशुल्क अध्ययन गरिरहेकी छिन्। 

विद्यालयका सञ्चालक मनोज बुढाथोकी मगरका अनुसार आफ्नो विद्यालयमा विपन्न नागरिकका बालबालिकालाई स्कुल स्थापना भए देखिनै निःशुल्क शिक्षा दिएको हो। 

उनले भने, ‘निजी विद्यालयको काम शुल्क उठाउने मात्रै नभई शिक्षा दिने पनि हो। त्यसैले केही विपन्न बालबालिकालाई निःशुल्क अध्ययन गराइरहेका हौँ। मेरो स्कुलमा अहिले ७ सय बालबालिका छन् भने ३८ जना शिक्षक छौँ।’

उनले विद्यालयले नौलो बिहानी बचत सहकारी संस्था स्थापना गरी विद्यार्थी र अभिभावकलाई सहज बनाएको बताए। अहिले यस संस्थामा हरेका अभिभावकले बालबालिकाको लागि मासिक एक हजार देखि ५ हजारसम्म बचत गर्दै आएको बताए। 

बुढाथोकीलेका अनुसार विद्यालयले थप गुणस्तरीय शिक्षा प्रदान गर्न निःशुल्क शिक्षा बचत योजना पनि अगाडि सारेको हो।

उनले भने, ‘विद्यालयले स्थापना गरेको सुनौलो बचत योजनामा एक लाख पचास हजार जम्मा गरेमा नर्सरी देखी १० कक्षा सम्म निःशुल्क शिक्षा पाउने र फर्किदा सबै रकम फिर्ता हुने छ। यसै गरी ७० हजार जम्मा गरेमा मासिक रु ५ सय मात्र लाग्ने छ तर पढाई सकिदा पुरै रकम फिर्ता हुन्छ।’

प्रकाशित: १४ माघ २०७९ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App