coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

जाडो बढे पछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द

जाडो बढेपछि कपिलवस्तुका २ पालिकाका विद्यालय बन्द गरिएको छ। यशोधरा र सुद्धोदन गाउपालिका विद्यालयमा बिदा दिइएको हो।

एक सातासम्म शील लहर चले पछि जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै सरकारी र निजी विद्यालय बन्द गरिएको छ। यशोधरा गाउपालिका मा १४ दिन र सुद्धोदन गाउपालिकामा १० दिनको जाडो बिदा गरिएको हो। आउने पुस ३० गते सम्मकालागि विद्यालयमा बिदा दिइएको यशोधरा गाउपालिकाका प्रमुख प्रशाकीय अधिकृत तेज बहादुर सिंहले बताए।

यशोधरा गाउपालिकामा पुस १७ देखि पुस ३० सम्म र सुद्धोदन गाउपालिकामा पुस २० देखि पुस ३० सम्म विद्यालय बिन्द गरिएको छ। जाडो र शीतलहरलाई मध्यनजर गर्दै बिदा गरिएको सुद्धोदन गाउपालिका प्रमख कमलेश शरण चौधरीले बताए। जाडोले गर्दा प्राबिमा पढने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका थिए।

जाडोले गर्दा विद्यार्थीहरुको न्युन उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन। ‘स–साना बिद्यार्थी लुगलुग काम्ने, रुघाखाकी र ज्वरोले प्रभावित हुन थालेका थिए’ शिक्षकहरु भन्छन्। यता जाडो बढे पछि कपिलवस्तुमा जनजीवन प्रभावित हुँदै आएको छ।  

प्रकाशित: १८ पुस २०७९ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App