८ वैशाख २०८१ शनिबार
शिक्षा

बाँकेमा २२ वर्षपछि बिद्यालय ब्यवस्थापन समितिको नेतृत्व परिवर्तन

२२ वर्षपछि चयन भएका बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी लगायत। तस्बिर/नागरिक

बाँकेको एक बिद्यालयमा २२ वर्षपछि ब्यवस्थापन समितिको नेतृत्व परिवर्तन गरिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सरस्वती माध्यामिक विद्यालय पनेरियामा २२ वर्षपछि नेतृत्व परिवर्तन गरिएको हो। उक्त बिद्यालयमा स्थानीय राजकुमार बुढाले यसअघि २२ वर्षसम्म एकलौटी रुपमा अध्यक्ष भएर काम गरेको आरोप लाग्ने गरेको थियो। नियम अनुसार बिद्यालयको नेतृत्व प्रायःजसो ३ वर्षमा परिवर्तन गरिन्छ।  

राप्ती सोनारी ६ का वडाअध्यक्ष लवराज खरेलले विद्यालयको अभिभावक भेलाले २२ वर्षपछि ब्यवस्थापन समितिको नेतृत्व अहिले परिवर्तन गरेको जानकारी दिए। उनका अनुसार अभिभावक बिफराम थारुको नेतृत्वमा नयाँ ब्यवस्थापन समिति गठन गरिएको छ। यस्तै अन्य सदस्यहरुमा गुलाबी थारु, पबी चलाउने, बासमती खड्का, लविता थारु, रविलाल थारु चयन भएका छन्। सोही भेलाले लक्षमण थारुको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको छ।  

२०५७ सालमा स्थापना भएको उक्त बिद्यालयको ब्यवस्थापन समितिमा बुढा स्थापना कालदेखी नै अध्यक्ष भएका थिए। यसअघि पटक पटक नेतृत्व परिवर्तनको प्रयास भएपनि बुढाले आफु निकट केही अभिभावकको भेला गराएर अध्यक्षमा दोहोरिने गरेको आरोप छ।

उक्त बिद्यालयमा बढेको ब्यथितीबारे वडाअध्यक्षमा निर्वाचित भएर आएपछि खरेलले निगरानी बढाउँदै आएका थिए। त्यसपछि उनकै प्रयासमा बिद्यालय सुधार अभियान सुरु भएको थियो। बिद्यालयको भौतिक संरचना बनेपनि शैक्षिक गुणस्तर भने निकै खस्किएको यहाँका अभिभावकहरु बताउँछन्।  

प्रकाशित: १ पुस २०७९ ०८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App