८ वैशाख २०८१ शनिबार
शिक्षा

बिजनेस प्रशासन कोर्ष अध्यापन गराउन चार शैक्षिक संस्थाबीच सम्झौता

काठमाडौँको इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।  

शनिबार काठमाडौंको होटल याक एण्ड यतिमा भएको सम्झौता अनुसार चार निकायले एकैसाथ शैक्षिक उन्नयनका लागि काम गर्ने भएका छन्। लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो।

सो सम्झौता अनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्याण्डमा अध्यापन गराइनेछ। विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्ने बताएको छ।  

सिंगापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले हाल विश्वको २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्स काम गरिरहेको छ। आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा काम गरिरहेको बताएको छ।

इस्लिङट्न कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्ने बताएको छ, जस अन्तर्गत कलेजले विद्यार्थी परामर्श देखि भर्ना प्रकृया र विद्यार्थीको क्षमता अभिवृद्धी गराउने व्यवस्था गर्ने लगायतको मुख्य भुमिका रहनेछ। इंस्लिङट्न कलेजका संकाय पनि मूल्याङ्गन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देश अनुसार मार्किड प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार रहनेछ।

यस साझेदारीमा अनलाइन शिक्षाको लागि प्लेटफर्मको रूपमा माइ सेकेन्ड टिचरले काम गर्ने भएको छ। माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइने र तिनीहरूको असाइनमेन्टहरू पनि सोहि प्लेटफर्ममा वितरण गरिने बताइएको छ। यस सम्झौता अनुसार अनलाईन कक्षा सञ्चालन गर्न शिक्षकको पदपुर्ति लगायतका सम्पूर्ण काम माइ सेकेन्ड टिचरले गर्नेछ।

सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा चार निकायका उच्च अधिकारीको उपस्थिति रहेको थियो। सम्झौतापत्रमा आरभिआइ ग्रुपका आर्गस एङ्ग, माइ सेकेन्ड टिचरका संस्थापक डा बेन्सन सुङ इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा। वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका हुन्।

प्रकाशित: २४ मंसिर २०७९ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App