coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

चिकित्सा तर्फ विशेषज्ञ दर्ता प्रमाणपत्रको परीक्षामा ७४.१६ प्रतिशत उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले मंसिर ९ गते संचालन गरेको मेडिकलको विशेषज्ञ प्रमाणपत्रको परीक्षाको नतिजा सर्वाजनिक गरेको छ। सार्वजनिक नतिजामा यस पटक ७४.६ प्रतिशत डाक्टरहरु उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार यस पटकको परीक्षामा कुल ४४ विद्यामा परीक्षा संचालन भएको थियो। बिशेषज्ञ परीक्षामा स्वदेशी र विदेशी शैक्षिक संस्थाबाट मेडिकल शिक्षा उत्तीर्ण गरेका चार सय ७६ परीक्षार्थी सहभागिता जनाएका थिए। जसमध्ये ३ सय ५३ उत्तीर्ण भएको उनले जनाए। यस पटकको परीक्षामा विगतको भन्दा केहि बढी विद्यार्थी सफल भएका छन्।

उनका अनुसार गत परीक्षामा कुल सहभागितामध्ये ६८.६ प्रतिशत विशेषज्ञ डाक्टर डाक्टरी पेसा गर्न सफल भएका थिए। नेपालमा डाक्टरी पेसा गर्न काउन्सिलको परीक्षा पास हुन अनिवार्य छ। काउन्सिलका लाइसेन्स प्राप्तहरुले मात्र चिकित्यसा पेसामा काम गर्न पाउँछन् ,’ रजिष्ट्रार डा.अधिकारीले नागरिकसँग भने। विगतमा डाक्टर पढेकाहरु विश्वविद्यालय शिक्षा पास भए पनि काउन्सिलको परीक्षा उत्तीर्ण गर्न चुनौति थियो। तर अचेल विद्यार्थीहरु काम गर्न लाइसेन्स नभई नहुने राम्ररी बुझेका छन्। ’ उनले थपे। त्यही भएर काउन्सिलको परीक्षा पास गर्न मिहिनेत गर्न थाले र नतिजा राम्रो अयो। यति मात्र होइन। काउन्सिलको आफ्नै मापदन्ड छ। त्यही अनुसार विश्वविद्यालयका विभिन्न विषयका विज्ञहरुले प्रश्नपत्र तयार गर्छन्। त्यही अनुसार परीक्षा हुन्छ।’

उनले चिकित्सा पेसा मानव जिवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि यस तर्फ सबै पक्ष संवेदनसिल हुदै गएको बताए। उनका अनुसार लाखौं रुपियाँ खर्चेर मेडिकल शिक्षा हासिल गर्नेहरु लाइसेन्स परीक्षामा सबै पास हुनु पर्ने हो। अझै पनि २५ प्रतिशत मेडिकल शिक्षा हासिल गरेकाहरुले डाक्टरी पेसा गर्न नपाउनु दुःखपुर्णनै हो।

परीक्षाको नतिजा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकासित भएको मितिले ३५ दिन भित्र पूनर्योगकोलागि एक हजार पाँच सय रकम तिरेर आफनो नाम, रोलनम्बर, स्पष्ट लेखी काउन्सिलको इमेलमा आवेदन दिन सक्ने ब्यवस्था काउन्सिलले गरेको उनले जनाए। सबै अनलाइन ब्यवस्था गरेका छौं,’ उनले भने। परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरुले सूचना प्रकासित भएको ३५ दिन भित्र विशेषज्ञ दर्ता प्रमाणपत्रकोलागि अनलाइन आवेदन दिनु पर्ने ब्यवस्था गरिएको छ। आवेदन दिएको १५ कार्यदिन पछि प्रमाणपत्र तयार हुन्छ। परीक्षार्थीलाई छिटो छरितो सेवा दिने काउन्सिलले अनलाइन ब्यवस्था गरेको हो।’

उनका अनुसार हालसम्म नेपालमा ३० हजार एक सय ३३ डाक्टरहरु नेपालमा काम गर्न काउन्सिलमा दर्ता भएाक छन्। यसमध्ये पनि कतिपय विदेश गएका छन् भने कतिपयले पेसा छाडिसके भने कति पय स्वर्गवास भइसकेका छन्। राजिष्ट्रर भएका मध्ये ११ हजार २ सय ६ महिला र १८ हजार ९ सय २७ पुरुस छन् ,’ उनले भने। एमबिबिएस तर्फ उल्लेख्य डाक्टर रहेछन्। २६ हजार ५२ एमबिबिएस तर्फ छन् भने बिडिएस तर्फ जम्मा ४ हजार ८१ डाक्टर रजिष्ट्रर छन्।’ उनले थपे। बिडिएस तर्फ महिलाको सँख्या अत्याधिक छ।’

प्रकाशित: १२ मंसिर २०७९ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App