२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

कारोबारको सातौं दिनमा नेप्सेमा सुधार, रकम भने घट्यो

नेप्से परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। लगातार ६ कारोबार दिन घटेको नेप्से परिसूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेपछि नेप्सेमा सुधार देखिएको हो।  

नेप्से बढेपनि कारोबार रकममा भने सोमबारको तुलनामा झण्डै एक अर्बले कमी आएको छ। मंगलबार ३३१ स्टकको ६२ हजार ६६५ पटकको कारोबारमा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँबराबरको ८७ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार ४ अर्ब ६६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मंगलबार श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको ङादी ग्रुप पावरको ३१ करोड ९२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको ११ करोडभन्दा बढी र राधी विद्युत कम्पनीको करिब १० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।  

१३ उपसमूहमध्ये मंगलबार ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित: २३ मंसिर २०८२ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App