कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा सहकारी बजार तथा कोशेली घर सञ्चालनमा आएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै कम मूल्यमा गुणस्तरीय समान किनबेच गर्न सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले काशेली घर चलाएको हो ।
कोशेली घरको लुम्बिनी प्रदेश सदस्य विष्णु पन्थी र बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले उद्घाटन गरे ।
कोशेली घरको उद्घाटन गर्दै पन्थीले स्थानीय किसान र घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्ने गरी कोशेली घरले काम गर्ने बताए । जैविक मलकालागि प्रदेश सरकारले समेत सहकारीलाई ३० लाख रकम उलब्ध गराएको भन्दै जैबिक र बिषादीरहीत उत्पादन तर्फ लाग्न अग्रसर हुनु पर्ने बताए ।
मेयर अर्यालले नगरपालिकाले स्थानीय किसान र घरेलु उद्योगलाई प्राथमिकतामा राखेको बताए । किसान र साना उद्यमीलाई नगरपालिकाले उनीहरुको माग र सल्लाह अनुसार थप कार्यक्रमहरु संचालनमा ल्याउने बताए । कोशेली घर तथा सहकारी बजारमार्फत किसान तथा विभिन्न महिला समूहले उत्पादन गरेका तरकारी, फलफूल, अन्न, मह, घरेलु उत्पादन, हस्तकला सामग्री जस्ता पहिचानयुक्त वस्तुहरू साना व्यापारीमार्फत सहज रूपमा बिक्री–वितरण हुने व्यवस्था मिलाइएको छ ।
सहकारी सदस्यलाई सामान किन्दा १० प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ ।
प्रकाशित: १० मंसिर २०८२ १९:४४ बुधबार





