coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सामान्य घट्यो आज सुनको मूल्य, काराेबार कतिमा?

आज सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेर ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ। छापावाल सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय रुपैयाँ कायम भएको छ। आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७९ ०५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App