८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालमा विदेशी लगानी सुरक्षित रहेको दाबी

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी गरेर विदेशमा राम्रो प्रतिफल पाइने भएकाले लगानी गर्न अनुरोध गरेका छन्। महासंघका कार्यवाहक अध्यक्ष ढकालले सोमबार कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डलबीच महासंघमा सचिवालयमा भएको भेटघाट कार्यक्रममा नेपाली वैदेशिक लगानी गर्न अनुरोध गरेका हुन्।

‘नेपालमा बाह्य लगानी ल्याउने कुरामा निजी क्षेत्रले सरकारलाई निरन्तर झकझक्याइरहेको छ। सोहीअनुसार बाह्य लगानीसँग सम्बन्धित महŒवपूर्ण ऐन कानुनहरू संशोधनसमेत भैसकेको पनि छ,’ उनले भने, ‘नेपालमा लगानी गरी ठूलो प्रतिफल लैजान सकिने बलियो सम्भाव्यता रहेकाले कोरियन लगानी विस्तारमा प्रतिनिधिमण्डलबाट ठूलो सहयोगको अपेक्षा गरेका छौं। नेपालमा सबै क्षेत्रमा लगानीको ठूलो अवसर रहेको छ।’ कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुुभव सुुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधैं तयार रहेको बताए। सो भेटवार्तामा महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए।

प्रकाशित: २२ कार्तिक २०७९ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App