८ वैशाख २०८१ शनिबार
अर्थ

कोका-कोला नेपाल र सन्तोष शाहको रेसिपी

कोका-कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दसैंंलक्षित ५ वटा विशेष रेसिपीहरू तयार गरेको छ।

सेल रोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका सो रेसिपीमा समावेश गरिएका छन्। सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकाले यी रेसिपीहरू दसैंंको लागि अत्यन्तै उपयुक्त हुने कम्पनीले जनाएको छ।

कोका-कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गरेर सो रेसिपी भिडियोहरू हेर्न सकिने तथा कोका-कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसको साथै उपभोक्ताहरूले आफूले बनाएको परिकारको भिडियो कोकाकोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्ने तथा भिडियो राख्नेमध्ये ३ जना विजेताहरूले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउने कम्पनीले जनाएको छ। सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष शाहले दसैंको कुरा गर्नसाथ परम्परागत स्वादिला खानाहरूको कुरा आइहाल्ने बताउँदै यो वर्ष कोका-कोलासँग मिलेर दसैंमा खाइने ५ विशेष परिकारहरूको रेसिपी दिने बताए। उनले रेसिपीमा आफ्नै विशेष तरिका अथवा सामानहरू पनि थपेको बताए।

प्रकाशित: १४ आश्विन २०७९ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App