coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मंगलदीप पुजा अगरबत्तीकाे दशैं तिहार लक्षित आकर्षक प्याकहरु बजारमा

नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठलाई लक्षित गरि आफ्नो उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको विभिन्न “फेष्टिभ प्याकहरू” बजारमा सार्वजनिक गरेको छ।

यस चाडपर्वमा अत्याधिक मात्रामा पूजा अगरबत्तीको माग तथा खपत हुने हुनाले यी फेष्टिभ प्याकहरू बजारमा ल्याइएको कम्पनीले जनाएको छ। यी फेष्टिभ प्याक अन्तर्गत चम्पा, त्रिसारा र आकर्षक षट्कोण आकारको बक्समा ३ इन १ प्याक बजारमा उपलब्ध छन्।

साथै साविक भन्दा धेरै काँटी तथा बट्टाहरू संग्रह सहितको अर्पण, त्रेया, जस्मिन, लाभेण्डर, चन्दन तथा लाभेण्डर प्ल्स चन्दन (२ इन १) अगरबत्ती प्याकहरू पनि बजारमा उपलब्ध छन्। यी सबै उत्पादनहरू देशभरिका डिपार्टमेन्ट स्टोर तथा मंगलदीप पाइने सम्पूर्ण खुद्रा तथा होलसेल पसलहरुमा उपलब्ध रहने कम्पनीले बताएकाे छ।

यी फेष्टिभ प्याकहरू हरेक पसलहरुमा आकर्षक सजावटका साथ उपलब्ध गरिएको हुनाले ग्राहकहरूले सहजै देख्ने कम्पनीले विश्वास लिएको छ।

मंगलदीप पूजा अगरबत्तीले गहन बजार अनुसन्धान गरी नेपाली ग्राहकहरूको रोजाइ अनुसारको मनमोहक, आकर्षक तथा सुगन्धित अगरबत्ती ल्याउने गरेको तथा ती अगरबत्तीहरु नेपालीको विशेष रोजाईमा पर्न तथा मन जित्न सफल भएको कम्पनीकाे दाबी छ। यी चाड पर्व लक्षित फेस्टिव प्याक सिमित अबधिको लागि मात्र उपलब्ध हुनेछन्।

प्रकाशित: १३ आश्विन २०७९ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App