४ वैशाख २०८१ मंगलबार
अर्थ

नेप्से १६.२९ अंकले वृद्धि

दशैंअघि शेयर बजार मापक नेप्सेमा हरियाली छाएको छ। पछिल्लो समय लगातार रुपमा घट्दै गएको नेप्से परिसूचक दुई दिनदेखि सकारात्मक गति समातेको हो। दशैंअघिको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ।

बिहीबार कारोबारमा आएका २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार ४८ करोड ५४ लाख रुपैयाँ मात्रै कारोबार भएको थियो।

बिहीबार नेप्सेका १३ वटा उपसमूह मध्ये जीवन बीमा बाहेक सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। बीमा उपसमूहको सूचक ०.०६ प्रतिशतले गिरावट आएको छ भने सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको १.६५ प्रतिशतले बढेको छ।

बिहीबार अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ५.७६ प्रतिशत, समिट लघुवित्तको ५.४० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ५.१३ प्रतिशतले बढेको छ। तर यता सामलिङ्ग पावरको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ।  हिमालयन पावर पार्टनरको ३.६९ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेको छ।  बिहीबार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ।नेपाल स्टक एक्सचेन्ज अब आउँदो नौ दिनका लागि बन्द भएको छ। शेयर बजार अब आगामी २३ गतेबाट मात्रै खुल्नेछ। 

प्रकाशित: १३ आश्विन २०७९ ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App