coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महानगर यातायातले थप्यो १० टाटा अल्ट्रा बस

महानगर यातायातले घटस्थापनाको अवसर पारेर थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस थपेर सेवा दिन थालेको छ।  

उपत्यकाको चक्रपथ परिक्रमाका लागि निरन्तर सेवा दिंदै आएको महानगरले आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालनमा ल्याएको हो। सिप्रदी ट्रेडिङका प्रमुख प्रबन्धक कृष्ण चन्दले टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको बताए।

हाइ व्याक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिङ सस्पेन्सन रहेको यस गाडीले आरामदायी यात्रा सुनिश्चित गर्र्ने उनले जानकारी दिए।

प्रकाशित: १३ आश्विन २०७९ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App