coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना

केएल टावरले दशैं तिहारका लागि ‘रमाइलो दशैं तिहार’ उपहार योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउने छन्।

केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डिएचआई भ्याकुम क्लिनर, मिक्चर, राइस कुकर लगायत एक हजार रूपैयाँ बराबरको सपिङ भौचरका साथै आकर्षक उपहारहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ।

त्यसैगरी साप्ताहिक रूपमा डिएचआई ब्राण्डको वासिङ मेसिन, डिएचआई ४३ इन्चको टेलिभिजन, १७० लिटरको रेफ्रिजिरेटर, डिलक्स राइस कुकर, वाटर डिस्पेन्सर, सफारी लगेज, टाइमेक्स घडी तथा सर्टिङ सुटिङ्ग लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ। बम्पर उपहारमा एक जनालाई ४ रात ५ दिनको दुबई भ्रमणको प्याकेज उपलब्ध गराइने मेला संयोजक हीरामणि तिमिल्सिनाले जानकारी दिए। त्यस्तै बम्पर उपहारमा यामाहाको एफ जेड एस एफआइ भी २ मोटरसाइकल वितरण गरिने उनको भनाइ छ। 

प्रकाशित: १२ आश्विन २०७९ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App