२३ मंसिर २०७९ शुक्रबार
अर्थ

गोरखा सदरमुकाममा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड

गोरखा सदरमुकाममा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन गएराती तोडफोड भएको छ।  

गोरखा नगरपालिका ६ हरमटारी चोकमा रहेको बैंकको मेसिन तोडफोड गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।  

एटिएमबाट पैसा हराएको, नहराएको बारे भने यकिन भएको छैन। ‘बिहान बैंकका गार्डले खबर गरेपछि थाहा पायौँ’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लामिछानेले भने ‘मेसिन नचलेकाले कति रकम हरायो, कति छ भनेर हेर्न सकिएन, बैंकले प्राविधिक बोलाउँदैछ।’  

प्रकाशित: ११ आश्विन २०७९ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App