१६ चैत्र २०८० शुक्रबार
अर्थ

डिसहोमको ‘खुशीको साथी’ योजना

डिसहोम फाइबरनेटले ‘खुशीको साथी’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले ४१ हजार ७ सय ३९ रूपैयाँमा डिएचआइ स्मार्ट टिभी, ५ जी डुवल ब्याण्ड राउटरसहित २५० एमबिपिएस फाइबरनेटको एक वर्षे सब्सक्रिप्सन साथै डिसहोम आइटिभीको एक वर्षको सब्सक्रिप्सन पनि प्राप्त गर्न सक्नेछन्।

खुशीको साथी अन्तर्गतको उत्कृष्ट डिएचआइ स्मार्ट टिभीमा ग्राहकले छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्ने कम्पनीको विश्वास छ।

परिवारका हरेक सदस्यको फरक फरक आवश्यकता मध्यनजर गर्दै डिसहोम मिडियाले आफ्ना सेवाहरू समावेश गरी डिएचआई स्मार्ट टिभीसहित योजना ल्याएको कम्पनीले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७९ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App