१६ चैत्र २०८० शुक्रबार
अर्थ

कतार एयरवेजलाई ‘एयरलाइन अफ द इयर’ अवार्ड

कतार एयरवेजले सातौं पटक एयरलाइन अफ द इयर अवार्ड जितेको छ।

अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काईट्रेक्सले सातौं पटक एयरलाइन अफ द इयरको उपाधि दिएको हो।  

यसका साथै एयरलाइनले विश्वकै उत्कृष्ट बिजनेस क्लास, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ।

एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र अहिले २०२२ मा एयरलाइनअफ द इयरको उपाधि जितेको छ। यस्तै कतार एयरवेजको घरेलु विमानस्थल र हब, हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई हालै विश्वको सर्वश्रेष्ठ विमानस्थल २०२२ को रूपमा मतदान गरिएको थियो, जसले लगातार दोस्रो वर्षको लागि पुरस्कार प्राप्त गरेको थियो।

प्रकाशित: ११ आश्विन २०७९ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App