८ वैशाख २०८१ शनिबार
अर्थ

'टुबोर्ग ओपनको नयाँ रिलिज ‘खोलाैं रमेर’

नेपालको सर्वाधिक लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीत निकै लामो समयदेखि सफलतापूर्वक आबद्ध भई आइरहेको छ। टुबोर्गले नेपाली संगीत उद्योगको उत्थानका लागि काम गर्दै आएको छ। त्यस्तै टुबोर्ग ओपन २०२२ राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूको सहकार्यबाट संगीत उद्योगमा योगदान पु¥याउँदै आएको पहलको निरन्तरता हो।

यो वर्षको टुबोर्ग ओपेन थिम ‘टेक द स्टेज’अन्तर्गत, भेक् र विश्वभरका अन्य उदीयमान कलाकारले जेसन डेरुलोलाई भेट्ने र लस्एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरसिप सत्र प्राप्त गर्ने मौका पाएका छन्। उक्त मेन्टरसिप सत्रमा जेसनले कलाकारहरूलाई सफल गीत सिर्जना गर्ने तरिका र संगीत उद्योगमा कसरी सफल हुनेबारे मार्गदर्शन गराएका थिए। लस्एन्जेलसमा जेसनको मेन्टरसिपबाट सबै सिकेका कुराहरू आत्मसात् गर्दै भेक्ले टुबोर्ग ओपेन–२०२२ का लागि आफ्नो नयाँ गीत प्रस्तुत गरेका छन्।

टुबोर्ग ओपनले आफ्नो पाँचौं वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरसिपमा भेक्को नयाँ गीत ‘खोलौं रमेर’को साथमा गरेको छ। उक्त गीतलाई दर्शकले निकै रुचाएका छन् र युट्युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घण्टामै सो गीतले श्रोता–दर्शकबाट धेरै माया पाइरहेको छ।

गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, ‘निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ। टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागि सधैं सम्भवतः रूपमा काम गर्दै आएको छ। टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो, जहाँ हामीले नेपालका उदीयमान कलाकारलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं। हामी यस वर्षका लागि जेसन डेरुलो र भेकसँग सहकार्यका लागि निकै उत्साहित छौं र दर्शकले दिनुभएको सकारात्मक प्रतिक्रियाबाट निकै खुसी छौं।’

प्रकाशित: ११ आश्विन २०७९ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App