८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल टेलिकमकाे 'दशैँ अफर'

क्याप्शन

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा आज (आइतबार) देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैँ अफर उपलब्ध गराउने भएको छ।

उक्त अफरहरु असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन्। डाटा प्याक अन्तर्गत रू २९४ मा २० जीबी डाटा १० दिनभित्र र रू ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले बताएकाे छ। 

त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक रू ४९ मा उपलब्ध हुनेछ। यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले बताएकाे छ।

टेलिकमका अनुसार अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ। रू २०० देखि रू ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रू ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ। 

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको नि: शुल्क भ्वाइस ओभर (भोल्टे) सेवा पनि उपलब्ध गराइएकाे टेलिकम बताएकाे छ।

प्रकाशित: ९ आश्विन २०७९ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App