८ वैशाख २०८१ शनिबार
अर्थ

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

एनसेलले इण्डिया भ्वाइस प्याक योजना ल्याएको छ। एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरू ल्याएको हो।

भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार १ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित ५५ रूपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् भने ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले २४९ रूपैयाँमा ७० मिनेट टक टाइम पाउने कम्पनीले जनाएको छ।

यस्तै आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरूले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित ७४९ रूपैयाँमा कल गर्न सक्नेछन्।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरूप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरूले यी भ्वाइस प्याकको प्रयोग गर्न सक्ने गरी आजदेखि लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७९ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App