coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भन्सार जाँचपास कार्यको सेवा व्यवस्थित गर्नुपर्छ: सचिव दंगाल

भन्सार जाँचपास परीक्षण कार्यालयको १३ औं स्थापना दिवस

अर्थमन्त्रालयका राजस्व सचिव  रामेश्वर दंगालले भन्सार जाँचपास परीक्षण कार्यालयलाई चुस्तदुरुस्त बनाउनुपर्ने बताएका छन्। 

भन्सार जाँचपास परीक्षण कार्यालयको १३ औं स्थापना दिवसको अवसरमा सचिव दंगालले  भन्सार जाँचपास परीक्षण कार्यालय अन्तरर्राष्ट्रिय आवश्यकताका आधारमा स्थापना भएकाले भन्सार विभागको महाशाखाको रुपमा राख्न उपयुक्त नहुने बताएका छन्।  

‘भन्सार जाँचपास परीक्षण कार्यालयले प्रभाव छोडन सक्नु पर्ने गरी कार्यसम्पादन गर्नुपर्छ,’ उनले भने ‘प्रत्येक आर्थिक वर्ष अनुसार छनौट भएका फाइलहरुको अभिलेख तयार गरी म्याद जाने प्रकृतिका फाइलहरुलाई छिटो टुङग्याउनु पर्ने। म्याद गुज्रनबाट जोगाउनु पर्ने, परीक्षण गर्दा त्रुटिरहित तरिका अपनाउनु पर्ने, भन्सार जाँचपास पछि पनि छुट्टै कार्यालयवाट निश्चित अवधिमा परीक्षण हुन सक्छ भन्ने सन्देश दिन सक्नुपर्ने हुन्छ।’

भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख भन्सार परीक्षण प्रशासक लक्ष्मी प्रसाद निरौलाले विभिन्न निकायबाट आएका निर्देशक र सल्लाहलाई आगामी दिनमा सक्रियतापूर्वक लागु गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।  प्रमुख भन्सार परीक्षण प्रशासक निरौलाज्यूवाट कार्यालयको बारेमा आव २०७९÷८० को प्रस्तुतीकरण पनि गरेका थिए।  

अवकाश प्राप्त प्रशासकहरु मध्ये मुकुन्दराज पन्थी र किशोर जोशी तथा अवसकाश प्राप्त पिसिए कर्मचारीहरुमा अशोककुमार सत्याल र सुरेश थपलिया एवम् बर्ष उत्कृष्ट कर्मचारीका रुपमा भन्सार परीक्षक सुर्यप्रसाद काफ्लेलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो।  भन्सार विभागका महानिर्देशक श्री कमल प्रसाद भट्टराइज्यूले भन्सार जाँचपास परीक्षण कार्यालय चलायमान भएको कारण  नासुदेखि  उपसचिवसम्मका कर्मचारीहरुको रोजाइमा पर्न थालेको बताए।

उनले  ट्रेड सहजरीकरण र राजश्व संकलनमा भन्सार जाँचपास परीक्षण कार्यालयले सेतुको रुपमा काम गर्नु पर्ने संकेत गर्दै पूर्व प्रशासक तथा सेवा निवृत कर्मचारीलाइ गरिएको सम्मानले नयाँपनको सुरुवात भएको बताए।  नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहालले भन्सार जाँचपास परीक्षण कार्यालयको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए। पूर्व प्रमुख भन्सार परीक्षण प्रशासक किशोर जोशीले स्थापना दिवसमा सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो कार्यकालमा कार्यालयको परीक्षण टोलीको सक्रृयतामा करौडौको महशुल निर्धारण भएको स्मरण गरे। भन्सार जाँचपास परीक्षण कार्यालयका कर्मचारीको क्षमता अभिवृद्धि ध्यान दिनुपर्ने बताए।

प्रकाशित: ६ आश्विन २०७९ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App