coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ९.८४ अंकले गिरावट

बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ। बिहीबार कारोबारमा आएको २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर दिन ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार ७२ करोड बराबरको कारोबार भएको थियो। बिहीबार नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ। नेप्से परिसूचक घटे पनि बिहीबार सामलिङ्ग पावरको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।

त्यस्तै अपर हेवाखोला हाइड्रोपावरको २.८७ प्रतिशत र वरुण हाइड्रोपावरको २.१६ प्रतिशतले बढेको छ। तर यता विन्द्यवासिनी हाइड्रोपावरको शेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ। आज नविल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित: ६ आश्विन २०७९ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App