६ वैशाख २०८१ बिहीबार
अर्थ

राजस्व संकलनमा महानगरकाे प्रगतिः गत वर्षको तुलनामा २९.८५ प्रतिशतले वृद्धि

काठमाडौँ महानगरपालिकाले गएको आर्थिक वर्षको असोज ५ गतेसम्मको तुलनामा यस आर्थिक वर्षको असोज ५ गतेसम्ममा  २९.८५ प्रतिशत बढी राजस्व संकलन गरेको छ।  

महानगरले गएको वर्ष १ अर्व २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन गरेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्व ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन गरको छ। यो ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी हो।  

विगत वर्षहरुमा अटेर गरेर कर नतिर्ने ठूला करदालाताई पत्राचार गरेर कडाई गरेपछि यस वर्ष राजस्व संकलनको मात्रामा वृद्धि भएको हो। राजस्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार, ‘गएको बर्षहरुमा पनि पत्राचार भएको हो। तर, करदाताले टेरेका थिएनन्।’

यस अघि मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकहरुलाई पत्राचार गरेपछि चालु आर्थिक बर्षको यस अवधिसम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरेका छन्। यसैगरी करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर तिरेका छन्। यस्तै बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख अधिकारीको भनाइ छ।  

पत्राचार गरिएकामध्ये व्यवसाय करतर्फ १८ लाख रुपैयाँ कर असुली भएको छ। नियमित करतादाबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ। यसमध्ये विद्युत प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्न, डा. अधिकारीले बताएका छन्।

प्रकाशित: ६ आश्विन २०७९ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App