१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

यती एयरलाइन्सद्वारा यात्रु सेवा वृद्धि

फाइल तस्बिर

 निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ।

काठमाडौंबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख पाँच हजार छ सय ७७ यात्रुलाई यात्रुसेवा प्रदान गरेको हो।

एयरलाइन्सले आज आफ्नो २४औं वार्षिकोत्सवका अवसरमा जारी गरेको विज्ञप्तिमा एक वर्षमा १५ हजार नौ सय २५ वटा उडानमार्फत यात्रुलाई सेवा प्रदान गरेको जनाइएको छ। यतीले हवाइ सेवा प्रदान गरेका यात्रुमध्ये २७ हजार छ सय ६३ जना विदेशी रहेका छन्।

एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले यतीले एक वर्षको अवधिमा एक लाख ५४ हजार दुई सय ८७ किलो कार्गो ढुवानी गरेको जानकारी दिए। “दुई वर्षअघि हामीसँग जहाज धेरै भए पनि सिट सङ्ख्या कम थियो, अहिले ठूला जहाज मात्र हुँदा सिट सङ्ख्या वृद्धि भएको अवस्था छ, अर्को वर्ष थप एउटा एटिआर–७२ ल्याएर यात्रु सङ्ख्या १५ लाख पु¥याउने लक्ष्य लिएका छौँ”– उनले भने।

यतीले पाँच वटा एटिआर–७२ जहाजमार्फत देशका विभिन्न भूभागमा उडान भर्दै आएकामा गत महिना थप एउटा एटिआर जहाज थप गरेको छ।

प्रकाशित: ६ आश्विन २०७९ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App