८ वैशाख २०८१ शनिबार
अर्थ

चालुपुँजी कर्जाबारे चेम्बरको पुनः आग्रह

नेपाल चेम्बर अफ कर्मसले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्र बैंकसँग पुनः आग्रह गरेको छ।

राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन् बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्ने क्रममा चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थाले व्यावसायिक क्षेत्रमा परेको असरबारे बृहत् छलफल भएको थियो। बैंक तथा बित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना–साना ऋणीहरू सबैभन्दा बढी मारमा परेको नेपाल चेम्बर र समुद्रपार निकासी पैठारी संघका पदाधिकारीले गुनासो गरेका थिए ।

राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशन आगामी कात्तिक १ गतेदेखि लागु गर्ने तयारी गरिरहेका बेला व्यवासयीले व्यापार सहजी करण तथा लगानी मैत्री वातावरणमा मार्गदर्शनले गम्भीर असर गर्ने व्यवसायीले बताए ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भने ‘एक करोड रूपैयाँसम्मको चालु पुँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशतसम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समयसम्म उधारोमा हुने बिक्री तथा दशैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुनपर्ने मौज्दात अहिलेको प्रस्तावित सीमाले पुग्दैन ।’ वार्षिक कारोबार बिक्रीको ५० प्रतिशतसम्म यो सीमा कायम गर्नुपर्ने बताए । 

प्रकाशित: ५ आश्विन २०७९ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App