८ वैशाख २०८१ शनिबार
अर्थ

सानिमा बैंकद्वारा छुट सम्झौता

सानिमा बैंकले छुटका लागि थप २० जना व्यापारिक संस्थासँग सम्झौता गरेको छ। बैंकले ग्राहकहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले व्यापारिक संस्थाहरूसँग उक्त सम्झौता गरेको हो।  

सम्झौता अन्तर्गत सानिमा डेबिट, क्रेडिट कार्ड र सानिमा लोरोबिल बैंकिङ (क्युआर स्क्यान) मार्फत भुक्तानी गर्ने ग्राहकहरूले उक्त छुट पाउने बैंकले जनाएको छ।  

बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रिज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, निला पोलिक्लिनिक एण्ड डायक्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रेभिबे जस्ता २० विभिन्न व्यापारीहरूसँग १० देखि ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको बताएको छ ।

प्रकाशित: ५ आश्विन २०७९ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App