७ वैशाख २०८१ शुक्रबार
अर्थ

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट सुरु भयो नियमित अन्तराष्ट्रिय उडान

फाइल तस्बिर।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान सुरु भएको छ।

यसअघि सातामा तीन दिन नेपाल–कुवेत (भैरहवा–कुवेत रुटमा) उडान भर्दै आएको अलजजिरा एयरवेजले शुक्रबारदेखि दैनिक उडान सुरु गरेको हो। शुक्रबार बिहान ६ बजे कुवेतबाट भैरहवा आइपुगेको जजिरा एयरवेजको जहाज करिब एक घण्टा पछि ७ बजेतिर कुवेतका लागि उडेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले जानकारी दिए।

जजिराले गत गत जेठ २ गते भैरहवाबाट कुवेतका लािग पहिलो उडान गरेको थियो। त्यसयता सातामा तीन दिन उडान गरिरहेको जजिराले शुक्रबारदेखि दैनिक उडान भर्न सुरु गरेको हो। वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या उल्लेख्य रहेको र यात्रुले भैरहवा विमानस्थल रोज्न थालेपछि जजिराले नियमित उडान सुरु गरेको झाले बताए।

उनका अनुसार जजिराले भैरहवा हुँदै कुवेत र कतारसम्म सेवा दिने गरी नियमित उडान सञ्चालन गरेको हो। गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई प्रारम्भिक चरणमा व्यवसायिक सफलता दिलाउन नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय उडानमा विभिन्न सहुलियत प्रदान गर्दा यात्रुलाइ भडादर कम पर्ने भएकाले यात्रुको रोजाइमा यो विमानस्थल परेको झाले बताए।

खासगरी लुम्बिनी प्रदेशसँगै गण्डकी, कर्णाली र सुदुरपश्चिमका यात्रुको रोजाइमा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवा परेको देखिन्छ। गत जेठ २ मा पहिलो उडान भरेको जजिराले हालसम्म भैरहवा–कुवेत १ सय १० वटा उडान भरिसकेको छ। ती उडान हुँदै कुवेतबाट ६ हजार ५८७ जना यात्रु भैरहवा आइपुगेको र भैरहवाबाट ७ हजार २४० नेपाली कुवेत पुगेको विमानस्थलले जनाएको छ।

यात्रुको चाप बढ्दै गएको र व्यवसायिक रुपमा उडान सफल भएकाले जजिराले उडानलाई नियमित गर्न थालेको जजिराको नेपालस्थित अधिकारीहरुले पनि बताएका छन्। अर्को महिना भैरहवाबाट आवुधावीका लागि पनि उडान सुरु हुनेछ।अक्टोबर ३० अर्थात् कात्तिक १३ गतेदेखि भैरहवा–आवुधावी उडान सुरु हुने भएको हो। हंगेरीको वायुसेवा कम्पनी बिज एयरवेजले सातामा तीन वटा उडान भर्नेगरी अनुमती लिइसकेको प्रवक्ता झाले जानकारी दिए। सो वायुसेवा कम्पनीले टिकट काट्ने अनुमति पाइसकेको उनले बताए।

प्रकाशित: ३१ भाद्र २०७९ १५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App