coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा ११ अंकको गिरावट

गत साताभर गिरावट आएको सेयर कारोबार आइतबार पनि घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ११.४६ अंकले घटेको हो। आइतबारको गिरावट पछि नेप्से परिसूचक १९२६.२८ बिन्दुमा आएको छ। नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि न्यून भएको छ।

एक्सचेन्जका अनुसार आइतबार १९३८ बिन्दुबाट बजार सुरु भएको थियो। बजार खुले लगत्तै कारोबारमा गिरावट आए पनि लगत्तै सुधार आएर परिसूचक १९४६ बिन्दुसम्म पुगेको थियो। त्यसपछि भने लगातार कारोबारमा आएको गिरावटका कारण बजार बन्द हुँदा परिसूचक १९२६ मा आएको हो।

एक्सचेन्जका अनुसार आइतबार नेप्सेसँगै अन्य प्रमुख तीन सूचक सबै घटेका छन्। सेन्सेटिभ सूचक २.१० अंकले घटेको छ भने फ्लोट ०.९० र सेन्सेटिभ फ्लोट १ अंकले घटेका छन्। प्रतिशतका आधारमा हेर्दा सबै भन्दा धेरै सेन्सेटिभ फ्लोट ०.८१ प्रतिशतले घटेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये १२ घटेका छन् भने एउटा अन्य उपसूचक बढेको छ। कारोबारमा गिरावट आउने १२ उपसूचकमध्ये सबैभन्दा बढी विकास बैंक उपसूचक घटेको छ। यो ५१ अंकले घटेको हो। यसपछि धेरै अंकले घट्नेमा जीवन बिमा उपसूचक परेको छ। यो ३९ अंकले घटेको हो। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले घट्नेमा जलविद्युत् उपसूचक परेको छ।

यो १.५४ प्रतिशतले घटेको हो। एक्सचेन्जका अनुसार आइतबार प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढ्ने कम्पनीमा मैलुङ खोला जलविद्युत् कम्पनी परेको छ। यसको सेयर मूल्य ४.५६ प्रतिशतले बढेको हो। यसपछि सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य बढ्नेमा सामुदायिक लघुवित्त रहेको छ। यो ३.८९ प्रतिशतले बढेको हो।

आइतबार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरैले प्रतिसेयर मूल्यमा गिरावट आउने कम्पनीमा सानिमा लार्ज क्याप फण्ड परेको छ। यसको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको हो। यसपछि सबैभन्दा धेरै प्रतिशतले मूल्य घट्नेमा छ्याङ्दी जलविद्युत् परेको छ। यसको सेयर मूल्य ५.३३ प्रतिशतले घटेको हो।

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ। यसको ३ करोड ९५ लाख ७८ हजार रूपैयाँको सेयर कारोबार भएको हो। यसपछि सबैभन्दा धेरै कारोबार नविल बैंकको भएको छ। यसको ३ करोड १७ लाख ५० हजार रूपैयाँको कारोबार भएको हो।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर सनराइज फस्ट म्युचल फण्डको बिक्री भएको छ। यसका ३ लाख ९ हजार ६ सय १० कित्ता सेयर बिक्री भएका हुन्। यसपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ। यसका ९७ हजार ७ सय ५१ कित्ता सेयर बिक्री भएका हुन्।

एक्सचेन्जका अनुसार आइतबार २२१ कम्पनीका सेयर खरिद बिक्री भएको छ। यी कम्पनीका २५ लाख २४ हजार २ सय २४ कित्ता सेयर बिक्री भएका हुन्। यी सेयर खरिद गर्न ७४ करोड ७२ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब रूपैयाँमा झरेको छ। 

प्रकाशित: २७ भाद्र २०७९ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App