७ वैशाख २०८१ शुक्रबार
अर्थ

बुटवल–लुम्बिनी १३२ केभी प्रशारण लाइन र मैनहिया सबस्टेशन संचालनमा

भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार

बुटवल, योगीकुटी–लुम्बिनी १३२ के.भी. प्रशारण लाइन तथा सो अन्तर्गत मैनहियामा निर्माण भएको सबस्टेशनको निर्माण कार्य पुरा भएको छ। बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन आयोजना सम्पन्न भएसंगै रुपन्देहीको भैरहवा क्षेत्रमा विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ। 

चुहावट नियन्त्रण हुनुका साथै भैरहवा क्षेत्रका उद्योगहरुमा माग अनुरुपको विद्युत आपूर्ति हुने भएको छ। यो आयोजना सम्पन्न भएसंगै भैरहवा क्षेत्रमा २ सय मेघावाट विद्युत आपूर्ति गर्न सक्ने पुर्वाधार तयार भएको हो। सोमबार एक कार्यक्रमकाबीच उर्जा जलश्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले बुटवल–लुम्बिनी १३२ के.भी.प्रशारण लाइन र मैनहिया सबस्टेशनको उदघाटन गरीन्। रुपन्देहीको सियारीमा आयोजनाको उदघाटन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत बढाउदै लैजाने र बढी भएको बिजुली अन्तराष्ट्रिय बजारमा बिक्रि गर्न सकिने गरी पुर्वाधारहरु निर्माण भइरहेको बताइन्। दुइ बर्ष भित्र हरेक नेपालीका घर घरमा बिजुली पुर्याइ बाँकी अन्तराष्ट्रिय बजारमा बिक्रि गरेर अत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजना रहेको उनले बताइन्। त्यसकालागि प्रशारण लाइन,सबस्टेशन निर्माण सगै बुढीगण्डकी जस्ता ठुला जलासययुक्त आयोजनाहरु अगाडि बढाउने बताइन्।  

‘अब एलपि ग्यासलाइ बिस्थापित गरी बिजुलीबाटै खाना पकाउनु पर्छ,बिद्युतीय सवारी साधनको प्रयोग बढाउने,उद्योग,कृषि,सिचाइ सबै तिर गुणस्तरीय बिद्युत सुलभ मुल्यमा पुर्याउन सक्यौं भने देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सक्छ’मन्त्री भुसालले भनिन्। कार्यक्रममा बोल्दै उर्जा सचिव सुशीलचन्द्र तिवारीले बिद्युतीय उर्जालाइ देशको समृद्धिसंग जोडेर विकास गर्नु पर्ने बताए।

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन बनेसंगै  भैरहवा र त्यसआसपासको क्षेत्रले बर्षौदेखि भोग्दै आएको समस्या समाधान भएको बताए। भैरहवा क्षेत्रका उद्योगहरुलाइ पनि अव माग अनुरुप बिद्युत आपूर्ति गर्न सकिने उनले बताए। भैरहवा नजिकै तयार भएको मैनहिया सवस्टेशनबाट यस क्षेत्रमा आवश्यक बिद्युत वितरण गरी बढी भएको बिजुली भारतको उत्तरप्रदेशलाइ बिक्रि गर्न सकिने गरी संरचना तयार गरीएको निर्देशक घिसिङले जानकारी गराए।

नेपालले हाल आन्तरिक खपतबाट बढी भएको ५ सय मेघावाट बिद्युत दैनिक भारतलाइ बिक्रि गरीरहेको जानकारी दिए। त्यसबाट दैनिक १० करोड रुपैयाँ आम्दानी भइरहेको बताए। अबको पाँच बर्ष भित्र बार्षिक २ खर्बको बिजुली बेच्ने गरी पुर्वाधार विकासका कामहरु भइरहेको घिसिङले बताए। सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले प्रशारण लाइन बनेपछि र सबस्टेशन संचालनमा आएपछि यस क्षेत्रको बिद्युत आपूर्तिमा सुधार आएको र बिद्युतको गुणस्तर बृद्धि भएको बताए।  

२०७०/०७१ सालमा सुरु भएको आयोजना अन्तर्गत बुटवलको  योगीकुटी सबस्टेशनबाट मैनहिया सबस्टेशन  सम्मको १८ किलोमिटर प्रशारण लाइन गत असारमै पुरा भएको हो। बुटवल क्षेत्रको २ किलोमिटरमा तारलाइ भुमिगत रुपमा बिछ्याइएको छ। बाँकी क्षेत्रमा ५७ वटा टावर राखीएका छन। मैनहियामा १३२–३३–११ के.भी.को सबस्टेशन तयार भएको छ। भोल्टेल कन्ट्रोलकालागि २ वटा क्यापासिटर बैंक छन। सव स्टेशनमा राखीने ३३ के.भी.का १० वटा फिडर मध्ये हाल ४ वटा फिडर संचालनमा रहेको आयोजना प्रमुख हरी पाण्डेले बताए। मैनहिया सबस्टेशन देखि भारतको उत्तरप्रदेशसंग बिद्युत प्रवाहकालागि १३२ केभीको डबल सर्किट प्रसारण लाइनको निर्माण कार्य  पनि भइरहेको छ।

प्रकाशित: २० भाद्र २०७९ १५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App