८ वैशाख २०८१ शनिबार
अर्थ

टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा

टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा चक्रपाणी सापकोटा विजयी भएका छन्। हिजो भएको निर्वाचनको मतपरिणाम अनुसार ४६५ मत प्राप्त गरेर सापकोटा अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी तपेन्द्र स्वाँरले ३९५ मत प्राप्त गरेका छन्। उनीहरु दुवैजना छुट्टाछुट्टै प्यानल सहित चुनावी मैदानमा होमिएका थिए। अध्यक्षमा स्वतन्त्र लडेका राजेन्द्र शाहले १२५ मत पाएका छन्।

कार्यसमितिको मुख्य तीन पदमा भने स्वाँर प्यानलका उम्मेदवार विजयी भएका छन्। संघको उपाध्यक्ष उद्योगतर्फ सन्तोष खड्का, महासचिवमा नवराज रिमाल र कोषाध्यक्षमा लोकेश साउँद विजयी भएका छन। खड्काले ४८८, रिमालले ५०८ र साउँदले ३६४ मत पाएका छन। उनीहरु तीनैजना स्वाँर प्यानलबाट चुनाव लडेका हुन्।  

सापकोटा प्यानलबाट उद्योगतर्फको उपाध्यक्षलडेका जगतराज चौधरीले ४४३, महासचिवमा परमानन्द पाण्डेले ४४३ र हरिलाल चौधरीले ३१० मत प्राप्त गरेका छन। उनीहरु तीनैजना पराजित भएका छन्। कोषाध्यक्षमा स्वतन्त्र लडेका टेकबहादुर सोडारीले २८२ मत पाएका छन्।  

वाणिज्यतर्फको उपाध्यक्षमा सापकोटा प्यानलका कृष्णप्रसाद उपाध्याय बजगाई सबैभन्दा धेरै मत प्राप्त गरेर विजयी भएका छन्। उनले ६५० मत पाएका छन्। उनका प्रतिस्पर्धी स्वाँर प्यानलका नैनसिँह केसीले ३१५ मत पाएका छन्। सचिवमा समेत सापकोटा प्यानलकै तपेन्द्र कुँवर ४५२ मत सहित विजयी भएका छन्। सचिवका उम्मेदवार स्वाँर प्यानलका दिपेन्द्र रावलले २९२ र स्वतन्त्र लडेका प्रकाश शाहले २०६ मत पाएका छन्।

आठ जना खुल्ला सदस्यमा सात जना सापकोटा प्यानलबाट विजयी भएका छन। विजयी हुनेमा प्रकाश उपाध्याय तिमिल्सेना (६०४), पृथ्वीराज ढुंगाना (५६९), हेमन्त रावल (५६०), दुर्गा साहु (५४२), बमबहादुर वली (५३७), नमराज देवकोटा (४६९), हंश रावल (४६६) रहेका छन्। स्वाँर प्यानलकातर्फबाट खुल्ला सदस्यमा लालबहादुर चौधरी (४५७) मत प्राप्त गरेर विजयी भएका छन्।  

संघको महिला सदस्यमा स्वाँर प्यानलकी टीका शाही विजयी भएकी छन्। उनले ५६७ मत प्राप्त गरेकी छन्। प्रतिस्पर्धी  पार्वतीकुमारी महतोले ४०२ मत पाएकी छन्। यसअघि नै दलित सदस्यतर्फ माया बागदास र जनजाति सदस्यतर्फ जीतबहादुर चौधरी निर्विरोध निर्वाचित भइसकेका थिए।  

निर्वाचनमा कुल १ हजार १६३ मतदाता रहेकामा १ हजार ३८ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले जानकारी दिए। संघको कार्यसमितिको कार्यकाल तीन वर्षको रहने व्यवस्था छ।

प्रकाशित: १९ भाद्र २०७९ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App