८ वैशाख २०८१ शनिबार
अर्थ

सामसङको ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा

सामसङले ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा ल्याएको छ।  

सामसङको ताररहित स्टेरियो ग्यालेकसी बड्स २ प्रो मा गुणस्तरीय साउण्ड रहेको छ। यसमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले भीडमा बसेर पनि युट्युब हेर्न तथा अडियो सुन्न सकिने छ।

सबै प्रयोगकर्ताको सुविधा र सहजतालाई ध्यानमा राखेर परिवर्तन गरिएको कम्पनीले जनाएको छ। यसको बजार मूल्य २७ हजार ९९९ मात्र कायम गरिएको छ। ग्यालेक्सी वाच ५ र वाच ५ प्रो मा पहिलेको संस्करणलाई सुधार गरेर यसको ब्याट्रीको जीवन, टिकाउपन लगायत उपकरणको सम्पूर्ण सुन्दरतामा स्तरोन्नति गरिएको छ।  

दुवै ग्यालेक्सी वाच ५ र वाच ५ प्रो मा भएको बायोएक्टिभ सेन्सरको प्रयोगले ग्राहकले राम्ररी बुझन् सक्ने छन्। बढाइएको सतह क्षेत्र र ग्राहकको नाडीसँग धेरै सिधा सम्पर्क हुनाले अझ बढी सही रूपमा नाप्न सकिन्छ र प्रयोगकर्ताको स्वास्थ्य एवं कुशलताको बारेमा सुक्ष्म रूपले बुझ्न सबै सेन्सरले एकैसाथ काम गर्छन।  

यसमा वाच जिपिएक्स जडित भएकोले वाच ५ प्रोले तपाईंको चालको पनि रेकर्ड राख्ने छ। दुवैमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएकाले प्रयोगकर्ताले वर्कआउट वा प्रशिक्षणद्वारा आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सक्ने छन्। विछ्यौनाबाट लडेमा वा ठेस लागेमा आकस्मिक कलको लागि राखिएका नम्बरमा जानकारी दिने, निदाएको स्कोरको ट्रयाक राख्ने, आरामको समय बढाउने, निन्द्रा खलबलिन नदिन बत्ती, एसी र टीभी समेतको तालमेल मिलाउने 'स्मार्ट थिङ्स एप' पनि यसमा रहेका छन्।

वाच ५ (४० एमएम) को ३९ हजार ९९९ रुपैयाँ, वाच ५ (४४ एमएम) को ४४ हजार ९९९ र वाच ५ प्रोको मुल्य ६४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ। 

प्रकाशित: १७ भाद्र २०७९ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App