coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ’ योजना सार्वजनिक

सामसङले आउदै गरेको बडा दशैं पर्वलाई लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ’ योजना सार्वजनिक गरेको छ।

सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन्। योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु सक्नेछन। यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार जित्न सक्ने कम्पनीले बताएको छ।

उक्त योजनाको बारेमा बोल्दै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङ उपभोत्ताहरुको जीवनलाई सहज बनाउनका लागि सधै प्रतिबद्ध रहेको बताए।

आफ्नो मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथउपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन्। योजनामा सहभागि बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा ई–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरिद गरेकै हुनु पर्ने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट गोलाप्रथा मार्फत विजेताको चयन गरिने छ। सामसङको फेसबुक पेजमा लाइभ गरि गोलाप्रथा गरिने कम्पनीले जनाएको छ।  

उक्त योजना १४ भदौदेखि १४ असोज २०७९ सम्म लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०७९ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App