coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा ३ अंकको सामान्य सुधार

सेयर खरिद गर्न लगानीकर्ताले खासै चासो नदेखाए पछि चलखेल गरेरै बजार जोगाइएको छ।

साताको पहिलो दिन आइतबार ३३ अंकले बजार घटेकामा सोमबार ३.७६ अंकले मात्र बढेको हो। यो सँगै नेप्से परिसूचक १९९३.०२ बिन्दुमा पुगेको छ। कारोबार रकम सवा अर्बमा झरेको छ।

दिनभरको कारोबारलाई हेर्दा बजार जोगाउन चलखेल गरिएको देखिन्छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार १९८९ बिन्दुबाट बजार सुरु भएकामा दिनभर तीव्र रूपमा उतारचढाव आएको थियो। दिनभरको कारोबारमा चार पटकसम्म बजार उच्च अंकले बढ्ने र घट्ने गरेको थियो। दिनभरमा सबैभन्दा तल १९७५ र सबैभन्दा माथि १९९५ बिन्दुसम्म परिसूचक पुगेको थियो।

एक्सचेन्जका अनुसार सोमबार नेप्सेका अतिरिक्त प्रमुख तीन सूचक सबै बढेका छन्। सेन्सेटिभ सूचक १.७६ अंकले बढेको छ भने फ्लोट ०.२३ र सेन्सेटिभ फ्लोट ०.७५ अंकले बढेका छन्। प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै सेन्सेटिभ फ्लोट ०.५९ प्रतिशतले बढेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये ४ उपसूचक घटेका छन् भने ९ वटाको कारोबार बढेको छ। कारोबारमा गिरावट आउने ४ उपसूचकमध्ये सबैभन्दा बढी लघुवित्त ३.९८ अंकले घटेको छ। यस्तै लगानी, सामूहिक लगानी कोष र बैंकिङ उपसूचक एक अंकभन्दा तलले मात्र घटेका छन्।  

कारोबारमा सुधार आउने ९ उपसूचकमध्ये सबैभन्दा बढी जीवन बिमा उपसूचक बढेको छ। यो ४३ अंकले बढेको हो। यस्तै उत्पादन तथा प्रशोधन ४०, होटल तथा पर्यटन ३५, फाइनान्स ३१ अंकले बढेका छन्। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले फाइनान्स उपसूचक बढेको छ। यो १.८९ प्रतिशतले बढेको हो।

एक्सचेन्जका अनुसार सोमबार प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढ्ने कम्पनीमा विन नेपाल लघुवित्त परेको छ। यसको सेयर मूल्य ७.४८ प्रतिशतले बढेको हो। यस्तै यसपछि सबैभन्दा धेरैले प्रतिसेयर मूल्य बढ्ने कम्पनी रिलायन्स फाइनान्स बनेको छ। यसको सेयर मूल्य ६.६४ प्रतिशतले बढेको हो।

कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य घट्ने कम्पनीमा रुरु जलविद्युत् परेको छ। यसको सेयर मूल्य ५.७० प्रतिशतले घटेको हो। यस्तै एनएमवी हाइब्रिड फण्ड १ यसपछि सबैभन्दा धेरै प्रतिशतले मूल्य घट्ने कम्पनीमा परेको छ। यसको प्रतिसेयर मूल्य ३.७३ प्रतिशतले घटेको हो।

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ। यसका ११ करोड २५ लाख रूपैयाँ बराबरका सेयर खरिद बिक्री भएका हुन्। यस्तै अरूण काबेली कम्पनीको ५ करोड ५ हजार रूपैयाँको कारोबार भएको छ।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर हिमाल दोलखा जलविद्युत्को भएको छ। यसका १ लाख ६४ हजार ४ सय ५८ कित्ता सेयर बिक्री भएका हुन्। यसपछि धेरै कित्ता सेयर बिक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ। यसका १ लाख २५ हजार १ सय ४० कित्ता सेयर बिक्री भएको हो।

एक्सचेन्जका अनुसार सोमबार २२२ कम्पनीका सेयर कारोबार भएको छ। यी कम्पनीका ३४ लाख ४० हजार ९ सय कित्ता सेयर बिक्री भएका छन्। यी सेयर खरिद गर्न १ अर्ब २६ करोड ६६ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण सामान्य रूपमा बढेर २८ खर्ब ५६ अर्ब रूपैयाँमा झरेको छ ।  

प्रकाशित: १४ भाद्र २०७९ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App