७ वैशाख २०८१ शुक्रबार
अर्थ

देउवासँग पार्कको भेट

सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका सीएफओ एचके पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। भेटमा कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेलर रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराए। उनले यस प्रकारको पहलले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहोर्‍याए।

सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स(गोल्छा समूह)सँग मिलेर नवलपरासीमा एलइडी टिभी उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने घोषणा गरिसकेको छ। नेपालमा इलेक्ट्रोनिक्स उत्पादन गर्न नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ। सामसङले नेपालमा दुई दशकदेखि आफ्नो व्यापार गरिरहेको छ। 

प्रकाशित: १० भाद्र २०७९ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App