कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११ प्रतिशत केविएल डिवेन्चर २०८९’ को १,००० रूपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ।
बैंकले ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने र १२ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ। बैंकले उक्त ऋणपत्र निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको जनाएको छ।
सार्वसाधारणका लागि निष्कासन गरिने १२ लाख कित्ता ऋणपत्रमध्ये सामूहिक लगानी कोषलाई छुट्याएको ५ प्रतिशत ऋणपत्रको लागि ३ वटा सामूहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदनलाई समानुपातिक आधारमा बाँडफाँट गरिएको जनाएको छ।
प्रकाशित: ९ भाद्र २०७९ ०४:२१ बिहीबार