७ वैशाख २०८१ शुक्रबार
अर्थ

निजी क्षेत्रसँग सहकार्य गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग उद्योगीहरुको माग

उद्योग वाणिज्य संघ सिन्धुलीको ३१ र ३२औँ साधारण सभामा सहभागि उद्योगीहरु।

सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्न सकेमा उद्योग क्षेत्रमा थप लगानी गर्न सकिने उद्योगीहरुले बताएका छन्।

उद्योग व्यापारमा समन्वयात्मक भूमिका निर्वाह गरी सरकारले उद्योग व्यापारमा लगानीमत्रै वातावरण बनाउन सके ठूला उद्योगीहरुले थप उद्योग स्थापना गर्ने र आर्थिक चलायमान गराउन लागि पर्ने उद्योगी तथा व्यापारीहरुको भनाइ छ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्कका उपाध्यक्ष चण्डिराज ढकालले निजी क्षेत्रसँग राज्यले सहकार्य नगर्ने हो भने औधोगिक क्षेत्रका  सबै सम्भावनाबाट अलग हुने अवस्था आउने बताए। उनले स्थानीय सरकार र निजी क्षेत्रले सहकार्य गरेर काम गर्नुपर्ने जनाए।

'देशमा उद्योग स्थापना गर्ने वातावरण सरकारले बनाउनुपर्छ उनले भने, लगानी गर्न उद्योगीहरु धेरै तयारी नै छन्।' सिन्धुली उद्योग वाणिज्य संघको ३१ र ३२औँ साधारण सभामा बोल्दै उनले उद्योग वाणिज्य संघले गर्ने मेला महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै आर्थिक चलायमान हुने जनाए।

व्यवसायीहरुले समेत सचेत हुनुपर्ने परिस्थिति आएको भन्दै उनले आफ्ना उद्योगले उत्पादन गर्ने उत्पादित वस्तु गुणस्तरीय भएमात्रै राज्यसँग आफूहरुले अधिकार खोज्न मिल्ने बताए। उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योग स्थापना गर्न निश्चित क्षेत्रहरु तोक्नुपर्ने बताए।

'उद्योग स्थापना गर्दा धुलो धुँवा हुनु स्वाभाविकै हो, जहाँ उद्योग हुन्छ त्यहा रोजगारी मात्रै पाइदैन धुलो धुँवा पनि हुन्छ उनले भने, त्यसैले उद्योग कहाँ कति क्षेत्रफलमा खोल्न सकिन्छ भनेर देशका विभिन्न स्थानमा औद्यिोगिक क्षेत्रहरु निर्धारण हुनुपर्छ।'

उनले उद्योग स्थापना गरेसँगै बस्ती विकास हुने र पछि सोही बस्ती मा असर परेको भन्दै उद्योगलाई धरासायी पार्ने काम हुने गरेको बताए। उद्योगी श्रेष्ठले बैकको ब्याजदर पछिल्लो समय अचाक्ली बढ्दै गएको भन्दै ब्याजदर तिर्न नसक्ने अवस्थामा उद्योगी व्यापारी पुगेको बताए।

उद्योग वाणिज्य संघका बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले औधोगिक क्षेत्रमा लगानी गर्दा राज्यबाटै अपमानित हुने अवस्था आएको बताए। व्यापारीलाई विभिन्न बहानामा राज्यका निकायहरुले अनावश्यक दुःख दिने गरेको गुनासो गरे। उनले बजार अनुगमनका नाममा व्यापारीमाथि अपमान गर्ने गरेको बताए।

'अनुगमन एकद्धार प्रणालीबाट हुनुपर्छ उनले भने, हामीले हाम्रो सामान कतिओटा निकायलाई झिक्दै देखाउदै गर्ने हो? हालको अवस्थामा अनुगमन नभएर व्यापारीमाथि अपमान गर्ने कार्य भएको छ।' उनले मर्यादित अनुगमन गर्न सरकारी निकायको ध्यानाकर्षण गराए। उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले लगानीमैत्री बातावरण सरकारले निर्माण गरे आफूहरु लगानी गर्न तयार रहेको बताए।

स्थानीय सरकारले सहयोग र समन्वय भए उद्योग वाणिज्य संघले समेत विभिन्न कार्यमा सहकार्य गर्न सक्ने जनाए। जिल्लामा रहेको धार्मिक पर्यटकीय क्षेत्रको विकास र संरक्षण गर्न उद्योग वाणिज्य संघ सधै तयार रहेको भन्दै उनले राज्यका निकायसँगको सहकार्यमा उद्योग वाणिज्य संघले काम गर्ने जानकारी दिए।

सो अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन्। मन्त्री लामाले व्यापार व्यवसाय निजी क्षेत्रले नै गर्नुपर्ने र त्यसमा सरकार तथा राज्यका निकायले समन्वय गर्नुपर्ने बताए।

बागमती प्रदेश सरकारको लगानीमैत्री नीति भएकाले उद्योगीहरुले बागमती प्रदेशका विभिन्न जिल्लामा लगानी गरी उद्योगहरु खोल्न उनले अनुरोध गरे। व्यवसायीले तिरेको कर सही ठाँउमा सदुपयोग हुन्छ भन्ने कुरामा निजी क्षेत्रलाई सरकारले विश्वास दिलाउन सक्नुपर्ने भन्दै उनले निजी क्षेत्र र सरकारको समन्वयमा मात्रै देशको विकास हुन सक्ने बताए।

प्रकाशित: १ भाद्र २०७९ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App