७ वैशाख २०८१ शुक्रबार
अर्थ

टाटा नेक्सन नेपालको नम्बर एक एसयुभी भएको दाबी

टाटा नेक्सनले नेपालको नम्बर एक एसयुभी भएको दाबी गरेको छ। आइसी र इभी जस्ता मोडलहरूमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुआतदेखि नेपाली बजारमा उच्च रहेको भन्दै कम्पनीले यस्तो दाबी गरेको हो।

सेडान र ह्याचब्याक श्रेणीका गाडीहरूभन्दा एसयुभी बढी शक्तिशाली एवं आकर्षक भएकाले ग्राहकहरूको रोजाइमा परेको बताउँदै कम्पनीले एसयुभीको मागमा बढिरहेको जनाएको छ।

मनमोहक डिजाइन, उच्चशक्ति र विशेष सुरक्षाका कारण नेक्सनले ग्राहकहरूको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरूलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको कम्पनीले जनाएको छ। १२०० सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सीसीको डिजेल इन्जिनमा उपलब्ध नेक्सनमा २०९ मिलिमिटर लामो ‘ग्राउण्ड क्लेरेन्स’ सहित ६ वटा म्यानुएल र स्वचालित गियर रहेको छन्।

प्रकाशित: ३० श्रावण २०७९ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App