८ वैशाख २०८१ शनिबार
अर्थ

पूर्वका पाँच सहरमा गोल्डेन ओक कमेडी यात्रा

लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्ट कमेडी यात्रासँग जोडिएको छ। नेपालीलाई हाँसोको नौलो सँगालो दिने तयारीस्वरूप गोल्डेन ओकले विभिन्न शहरमा ‘गोल्डेन ओक कमेडी यात्रा’  ल्याउने भएको हो।

गोल्डेन ओकद्वारा आयोजित कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरू जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायत रहने छन्। यी कलाकारहरूले मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति दिनेछन्।

गोल्डेन ओकको कमेडी यात्रा पूर्वका विभिन्न सहरमा साउन २० देखि २४ गतेसम्म हुनेछ। कम्पनीका अनुसार कमेडी यात्रा बिर्तामोडमा साउन २०, दमकमा २१, इटहरीमा २२, विराटनगरमा २३ र धरानमा साउन २४ गते आयोजना हुनेछ। पछिल्लो समय गोल्डन ओकले पारखीहरूमाझ आफ्नै पहिचान बनाएको छ।

प्रकाशित: २० श्रावण २०७९ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App