८ वैशाख २०८१ शनिबार
अर्थ

हिमालय एअरलाइन्स्द्वारा संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक

सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको रूपरेखा प्रस्तुत गर्दै, एअरलाइन्स्ले यही श्रावण १८ गते काठमाडौंस्थित होटल याडिसनमा आयोजित पत्रकार सम्मेलनमा महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन सार्वजनिक गरेकाे छ।

विगतका केही वर्षहरूमा, हिमालयले बिस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गरेको उल्लेख गरेकाे छ। आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्‍यउने खालका कार्यहरू पनि जारी राखेको एअरलाइन्सले जनाएकाे छ। हिमालयले प्रकाशित गरेको यो पहिलो प्रतिवेदन हो, जसले हिमालय एअरलाइन्स्को दृष्टिकोण र योगदानहरूको प्रगतिको समग्र विवरण दिन्छ।

हिमालय एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्स्का मैन्टीनेन्स एण्ड इन्जिनेरिंग विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार जगतको वृहत् भेलामा कम्पनीको उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्। 

प्रतिवेदन विमोचनमा एअरलायन्स्की ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दलीले भनिन्, कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्‍यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे। यी चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो। यस सन्दर्भमा सम्भव भएसम्म महत्वपूर्ण योगदान दिन सफल पनि भएको छ। समग्र वृद्धि र सामाजिक कल्याण हाम्रा व्यवसायका दुई प्रमुख पक्षहरू हुन्, जसमा हामी निरन्तररुपमा हाम्रो व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्न प्रतिबद्ध छौं।’ श्रेष्ठले भने।

सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण भएको स्वीकार गर्दै हिमालयले अग्रगामीरुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा १० लाख, रूपैयाँ कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ मा थप केन्द्रित भएकाे जनाएकाे छ। हिमालय एअरलाइन्सले नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २,००,००० डोज ल्याउन २ करोड २५ लाख रूपैयाँ बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन पनि हिमालयले गरेकाे थियाे।

यस एअरलाइन्स्ले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत एक गैर–सरकारी संस्था ‘प्रयास नेपाल’लाई पनि साथ दिंदै आएको बताएकाे छ र बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएकाे छ।

प्रकाशित: १९ श्रावण २०७९ १५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App