७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिटिजन्स बैंक र एपोलो बीच समझदारी

सिटिजन्स बैंक र धुम्बाराही काठमाडौंस्थित एपोलो डाइग्नोस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपश्चात् बैंकका कार्डबाहकहरूले एपोलो डाइग्नोस्टिक केन्द्रका विभिन्न स्वास्थ्यसम्बन्धी जाँच र हेल्थ प्याकेजहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७९ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App