coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अवरोधबीच बढैयातालको नीति तथा कार्यक्रम पास

११औं गाउँ सभाबाट पास भएका कार्यक्रम प्रस्तुत गर्दे अध्यक्ष त्रिपाठी। तस्बिर: नागरिक

बढैयाताल गाउँपालिकाको वडामा एमालेका जनप्रतिनिधिको अवरोधबीच बढैयाताल गाउँपालिकाको नीति तथा कार्यक्रम शनिबार पास भएको छ। एमालेका जनप्रतिनिधिको वर्चस्व रहेको बढैयाताल गाउँपालिकामा नीति तथा कार्यक्रम पास हुन सकेको थिएन। माओवादीका हिमालय त्रिपाठीले अध्यक्ष पद सम्हालेपछि एमालेका जनप्रतिनिधिले नियम विपरीत भएका कामलाई निरन्तरता दिन गाउँ सभामा  दवाव दिएपछि ११औं गाउँ सभा स्थगन भएको हो।

बढैयातालमा नियम मिचेर राखिएका करारका कर्मचारीलाई पुन नियूक्ति दिन पर्ने माग र प्रत्येक वडामा एक करोड बिनियोजन गर्न  दवाव दिएपछि गाउँपालिकाका अध्यक्ष त्रिपाठीले असार दश गते गाउँ सभा स्थगित भएको घोषणा गरेका थिए।  

बढैयाताल गाउँपालिकामा ९ वटा वडा छन्। यसअघि एमालेले बढैयाताल गाउँपालिकामा अध्यक्ष लाल बहादुर श्रेष्ठसहित पाँच वटा वडा जितेको थियो। एमालेका अध्यक्षसहित जितेको एमालेको नेतृत्वले नियम विपरीत सय बढि  कर्मचारी भर्ना गर्दा  बेरुजु बढेको तथ्य लेखा परीक्षण कार्यालयले सार्वजनिक गरेको थियो।

बढैयाताल गाउँपालिकामा बलजफ्ति कार्यकर्ता भर्ना गरेको र कर्मचारी भर्ना गर्दा आर्थीक चलखेल गरेको आरोप पूर्व जनप्रतिनिधिले खेप्दै आएका छन्। भर्खर सम्पन्न निर्वाचनमा माओबादीले अध्यक्ष पद र एउटा वडा जितेको छ। एमालेको  ७ वटा वडामा पूर्ण बहुमत छ। एउटा वडा काग्रेसले जितेको छ। बहुमत वडा अध्यक्षले बिधि बिधान बिपरीत गाउँ सभामा माग सम्बोधन गर्न चर्को दवाव दिएका कारण सभाका असन्तुष्ट अल्पमत सदस्य पक्षको व्याप्त असुन्तुष्टि रहेको थियो। 

बिधि बिधानमा टेकेर कर्मचारी नियुक्ती दिन सकिने र वडामा एक करोड बजेट विनियोजन गर्ने सर्तमा अध्यक्ष त्रिपाठी र वडा नेतृत्वको सहमतिमा बढैयातालमा गाउँपालिकाको निति तथा कार्यक्रममा सहमतिमा पास भएको पाईएको छ। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्राथामिकतामा राखेर निति तथा कार्यक्रम पास गरेको बढैयातालका अध्यक्ष त्रिपाठीले बताए। ‘गाउँपालिकाका अपरीहार्य आवश्यक्तालाई समावेश गरेर निति तथा कार्यक्रममा समावेश गरिएको छ’उनले भने,‘स्थानीय स्तरमा लुकेका विषयको प्रबद्धन र संरक्षण गर्ने कार्यक्रममा प्राथामिकता दिईएको छ।’खेल प्रबद्धनका लागी रंगशाला,फोहोर मैला व्यबस्थापन,साना उद्योगलाई प्रत्सोहान गर्ने कामलाई समाबेश गरेको त्रिपाठीले बताए। 

अध्यक्ष लगायत पालिकाका सम्पुर्ण जनप्रतिनिधिको सहमतिमा निति तथा कार्यक्रम पास भएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए।‘पालिकाको महत्वपुर्ण बिषयहरु निति तथा कार्यक्रममा सम्बोधन गरिएको छ,’उनले भने,‘कार्यक्रममा सानादेखि ठूला बिषय समावेस भएको निति तथा कार्यक्रम जनमुखी छ।’ निति तथा कार्यक्रमा करिब ७२ करोड बजेट बिनियोजन भएको उनले जानकारी दिए। उनका अनुसार साउन दश गते बजेट पास हुदैछ।

प्रकाशित: ३२ असार २०७९ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App