रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ। सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने, नियमावलीमा आवश्यक संशोधन गर्ने, नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भए त्यसलाई समावेश गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ।
यस्तै अन्य कुनै जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बिमा कम्पनीको पहिचान र छनौट गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बिमा समिति समक्ष निवेदन दिने लगायतका प्रस्तावहरू पारित गरेको जनाएको छ।
आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरूको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकहरू नियुक्त गर्ने, निजहरूको पारिश्रमिक तोक्ने तथा एक आपसमा गाभ्ने/गाभिनेसँग सम्बन्धित प्रचलित नियम कानून तथा निर्देशनहरू बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य गर्ने प्रस्ताव पारित गरेका छन्।
यस्तै प्रकृयाहरू पूरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरूले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरू पनि पारित गरेको जनाएको छ। साथै, उक्त सभाले कम्पनीको अधिकृत पुँजी ३ अर्ब रूपैयाँबाट वृद्धि गरी ५ अर्ब रूपैयाँ हुने गरी प्रस्ताव पारित गरेको जनाएको छ।
प्रकाशित: २२ असार २०७९ ०६:०० बुधबार