८ वैशाख २०८१ शनिबार
अर्थ

ज्योति विकास बैंकको ज्योति रिकरिङ खाता सञ्चालनमा

ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ डिपोजिट’ निक्षेप योजना सञ्चालनमा ल्याएको छ। ग्राहकहरूलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदरसहितको ज्योति रिकरिङ खाता सञ्चालनमा ल्याइएको जनाएको छ।

उक्त योजना अन्तर्गत ग्राहकहरूले आवश्यकता अनुसार १ वर्षदेखि १० वर्षसम्मका लागी मासिक रूपमा रकम जम्मा सक्ने बैंकले जनाएको छ। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रूपमा न्यूनतम ५ सय रूपैयाँका दरले क्रमिक रूपमा रकम जम्मा गर्दै जान सकिने छ।

नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटान्स प्राप्त गर्ने ग्राहक, नवविवाहित दम्पति, युवा–युवतीहरू, अभिभावक वर्गहरूले भविष्यमा एकमुस्ट रकम प्राप्त गर्न मासिक रूपमा चाहेको निश्चित रकम नियमित रूपमा जम्मा गरी तोकिएको समय व्यतित भए पश्चात एकमुस्ट भुक्तानी लिन सक्नेछन्। साथै आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि रहेको बैंकले जनाएको छ।

प्रकाशित: २१ असार २०७९ ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App