२ भाद्र २०७९ बिहीबार
अर्थ

अर्थ मन्त्रालयले भन्यो: बजेट निर्माणका सीसीटिभी फुटेज मेटिए

अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा मन्त्रालय बाहिरका व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला अर्थ मन्त्रालय बजेट भाषणका अघिल्ला दिनका सीसीटीभी फुटेज नभएको लिखित जवाफ दिएको छ।

उपभोक्ता हित संरक्षण मञ्जले सूचनाको हक प्रयोग गर्दै गत असार १४ गते अर्थमन्त्रालयमा निवेदन दिएको थियो। त्यसको जवाफमा मन्त्रालयले ‘सीसीटिभी फुटेजको क्षमता र जडान भएको क्यामेराको आधारमा बढिमा १३ दिनसम्मको मात्र फुटेज रहने र त्यसपछिका अभिलेख क्रमशः मेटिदै जाने’ भन्दै जवाफ दिएको छ।  

मञ्चले दुई वटा मिति र समय किटान गरेर अघिल्लो र यसपटकको बजेट निर्माणका फुटेजहरु उपलब्ध गराउन मन्त्रालयमा निवेदन दिएको थियो। मञ्चले २०७८ भदौ २४ राती ११ बजेदेखि २०७८ भदौ २५ बिहान ६ बजेसम्म र २०७९ जेठ १४ गते साँझ ६ बजेदेखि २०७९ जेठ १५ गते बिहान ६ बजेबीचको सीसीछिभी फुटेज उपलब्ध गराउने मागसहितको निवेदन दिएको थियो।

अर्थमन्त्री शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिहरुलाई मन्त्रालयमा प्रवेश गराएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालले बारम्बार उनको राजिनामा माग गर्दै आएको छ। यही बिषयलाई लिएर पटक पटक संसद अवरोध पनि गरिरहेको छ।

 

प्रकाशित: १९ असार २०७९ १८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App