७ वैशाख २०८१ शुक्रबार
अर्थ

मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले देशव्यापी बजार अनुगमन गर्ने

सरकारले इन्धनमा भएको् मूल्य वृद्धिलाई वहाना बनाएर खाद्यान्न, औषधि र विभिन्न क्षेत्रको सेवामा गरिएको मूल्य वृद्धि नियन्त्रण गर्न देशव्यापी रुपमा बजार अनुगमन गर्ने भएको छ।  

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार आयोजनाको गरेको पत्रकार सम्मेलनमा मन्त्री दिलेन्द्रप्रसाद बडुले मूल्य वृद्धिको वहानामा चौतर्फी रुपमा मुल्य वृद्धि गरिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न देशव्यापी रुपमा बजार अनुगमन गर्न लागिएको जानकारी दिएका हुन।

उनले बजार अनुगमनका क्रममा संघ, प्रदेश र जिल्ला प्रशासन तथा स्थानीय तहका सबै सरकारी संयन्त्र परिचालन गर्ने जानकारी दिए। अनुगमनका लागि सरकारी अधिकृत तोक्न जिल्ला प्रशासन र स्थानीय तहलाई पत्राचार गरिएको बडुले जानकारी दिएका छन्।

उनले विशेष गरी इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र विभिन्न सेवा क्षेत्रमा गरिएको मुल्य वृद्धि नियन्त्रण गर्न यो कदम चाल्न लागेको बताए।

प्रकाशित: १६ असार २०७९ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App