coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राख्नुपर्छः सुवेदी

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी छिन्।

सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रममा बोल्दै सभापति सुवेदीले सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिको विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी हुन्। उनले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्ने बताइन्।

सभापति सुवेदीले नेपाललाई आवश्यक खाद्यान्नको यकिन गरी सोही अनुरुपको उत्पादन आफैँ गर्न सक्नुपर्ने बताइन्। उनले नेपालमा चलिरहेको टुक्रे र परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायीक बनाउनुपर्ने आवश्यकता भएको बताइन्।

सुवेदीले कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाउनको लागि सरकारले आवश्यक नीति तथा नियमावली तत्काल बनाएर सहजिकरण गर्नुपर्ने बताइन्। उनले सरकारले कृषिलाई चक्लाबन्दी, व्यवसायीकरण, आधुनिकीकरण गरेर आवश्यक सिंचाई, उन्नत जातको बीउ र आवश्यक मल दिन सके मात्रै पनि नेपालीलाई पुग्ने धान उत्पादन गर्न समस्या नरहेको स्पष्ट पारिन्।

त्यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले राष्ट्रिय उत्पादनलाई वृद्धि गर्नु नै अहिलेको आवश्यकता भएको बताए। उनले धानको उत्पादन बढाउनको लागि परम्परागत धानको जात परिर्वतन गरी हाईब्रिड बीउमा जानुपर्ने बताए।

सचिव शर्माले वर्षे धान भन्दापनि सरकारले चैते धानको उत्पादन बढाउनको लागि प्रोत्साहन गर्नुपर्ने बताए। सचिव शर्माले पहाडी क्षेत्रमा खाद्यान्न उत्पादन वृद्धि गर्नको लागि सरकारले बाँझो जमिन र युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताए। उनले सरकारले नीति नै बनाएर कृषियोग्य जमिनलाई गैरकृषि प्रयोजन गर्न दिन नहुने बताए।

प्रकाशित: १४ असार २०७९ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App