coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कटारीले पारित गर्‍यो ७६ करोड ४२ लाख बढीको बजेट

क्याप्सनः कटारी नगरसभामा मेयर राजेशचन्द्र श्रेष्ठ (बीच) उपमेयर गीता खड्का र प्रमुख प्रशासकीय अधिकृत अनिल किराती। तस्विरः महेश्वर

उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० को नीति कार्यक्रम तथा बजेट पारित गरेको जनाएको छ। नगर उपप्रमुख गीता खड्काले गत १० गते प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेट दुईदिनसम्मको छलफलपछि सर्बसम्मत पारित भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।  

नगरपालिकाकै सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा ‘नवाैँ नगरसभा’मा उपप्रमुख खड्काले प्रस्तुत गरेको ७६ करोड ४२ लाख ६२ हजार ५ सय ५० रुपैंयाको बजेटसहितको नीति कार्यक्रम सर्बसम्मत पारित भएको नगरपालिकका प्रवक्ता प्रेमबहादुर थापाले बताए। प्रवक्ता थापाका अनुसार आर्थिकवर्ष ०७९/८० का लागि नगरपालिकाले संघीय सरकारबाट प्राप्त बित्तीय समानीकरण, सशर्त अनुदान, प्रदेश समानीकरण र सशर्त तथा संघ र प्रदेशको राजश्व बाँडफाँड तथा आन्तरिक आयलाई मुख्य आमदानी मानेको छ।  

जस अनुसार संघीय सरकारबाट प्राप्त बित्तीय समानीकरण अनुदान १२ करोड ३७ लाख, संघीय सशर्त अनुदान ३९ करोड २ लाख र संघीय समपुरक अनुदानतर्फ १ करोड १० लाख र संघीय राजश्व बाडफाँडबाट १५ करोड ९२ लाख ९६ हजार रुपैयाँलाई बजेटमा समेटिएको छ। त्यस्तै, प्रदेशतर्फबाट प्राप्त बित्तीय समानीकरण ६६ लाख २१ हजार, प्रदेश सशर्त अनुदान ४१ लख ९५ हजार, प्रदेश राजश्व बाँडफाँड २ करोड ९ लाख ५ सय ५०, प्रदेश समपुरक कोष १ करोडलाई पनि नगरसभाले आमदानी मानेको छ भने आन्तरिक आय ३ करोड ८३ लाख ६० हजार रहेको छ।  

प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले खर्चतर्फ १४ वटा वडालाई ५ करोड ५५ लाख ४९ हजार विनियोजन गरिएको बताए। त्यसैगरी विषयगत समतितर्फ आर्थिक विकास १ करोड ४४ लाख ४५ हजार, सामाजिक विकास ८ करोड ८० लाख ६० हजार र पूर्वाधार विकासमा १२ करोड ४२ लाख ५४ हजार बिनियोजन गरिएको किरातीले बताए। त्यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ७८ लाख ४१ हजार, सुशासन तथा संस्थागत विकास १२ करोड ५२ लाख ६७ हजार ५ सय ५० रुपैंया विनियोजन गरिएको उनको भनाई छ।  

नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले नगरपालिकाले ‘सुन्दर कटारी नगरको पहिचान, सुशासन र समृद्धि हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न सम्पन्न नगरसभाले आगामी वर्ष जनमुखी कामलाई बढावा दिने नीति लिएर सोही अनुसार बजेट बिनियोजन गरिएको बताए। उनका अनुसार आर्थिक विकासतर्फ प्रत्येक वडामा कृषि तथा पशु प्राविधिकमार्फत वडाबाटै कृषि र पशुसम्बन्धी सेवा प्रदान गर्ने, सामाजिक विकासतर्फ वडागत नमूना विद्यालयको अवधारणा अघि सारिएको र स्वास्थ्यतर्पm जेष्ठ नागरिकलाई निःशूल्क स्वास्थ्य विमा गरिदिने कार्यक्रम ल्याइएको छ। विषयगत समितिमार्फत राम्रा, जनमुखी कार्यक्रम ल्याएर प्रभावकारी सेवा प्रदान गर्ने मुख्य लक्ष्य नीति कार्यक्रमले अबलम्बन गरेको मेयर श्रेष्ठको भनाई छ।  

भित्रि मधेस, खोँचदेखि दुर्गम महाडसम्म समेटिएको नगरपालिकाबाट उत्पादन बढ्दै गएको फोहोर मैला व्यवस्थापन गर्नेतर्फ पनि नीति कार्यक्रमले स्पष्ट खाका अघि बढाउने तय गरेको छ। त्यसका लागि सुरक्षित ल्याण्डफिल्ड साईटको खोजी गरी फोहोर व्यवस्थापन गर्ने, प्रत्येक वडाका टोल विकास संस्थालाई सक्रिय गराई नगर विकासमा सहभागी गराउने र पूर्वाधार विकासलाई परिणाममुखी बनाउन योजनाहरुको ठोस कार्यान्वयन गर्ने नीति अख्तियार गरिनेछ।  

उपमेयर खड्काले नगरसभामा प्रस्तुत गरेको नीति कार्यक्रमको कटारी नगरपालिकाले प्रत्यक्ष प्रशारण गरेको थियो। नगरपालिकाको आधिकारिक फेसबुक पेजबाट हेर्न मिल्ने गरी नगरसभाको प्रत्यक्ष प्रशारण गर्ने यो नगरपालिका उदयपुरका ८ मध्ये पहिलो र एक मात्र स्थानीयतह भएको उपमेयर खड्काले बताएकी छिन्। 

प्रकाशित: १३ असार २०७९ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App