१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भरतपुर महानगरको नीति कार्यक्रम तथा बजेट पारित

वडा तहमा कम बजेट विनियोजन भएको गुनासो

क्याप्शन

भरतपुर महानगरपालिकाको नगर सभा तथा ११औँ अधिवेशन नीति तथा कार्यक्रम तथा बजेट पारित गर्दै सकिएको छ। नगरप्रमुख रेनु दाहालले प्रस्तुत गरेको ३ सय ३३ बुँदे नीति तथा कार्यक्रम पारित गर्दै सकिएको हो। 

सो नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८०को अनुमानित बजेट सहित छ वटा विद्येक समेत पारित गरेको छ। महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेकाे बजेट, राजश्व, आर्थिक, विनियोजन, न्यायीक समिति विधेयक पारित गरेको हो।  

अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि एक जना सदस्यले मात्र टिप्पणी गरेका छन्। कार्यपािलका सदस्य गोपाल दराईले पनि आर्थिक विद्येयकको समर्थन गर्दै टिप्पणी गरेका हुन्। यस्तै राजश्व सम्बन्धी विद्येयकमा सबैभन्दा बढीले टिप्पणी गरेका छन्। नगरसदस्य रेशमराज थापा, पशुराम पौडेल, सीता श्रेष्ठ भण्डारी, सुर्यप्रसाद खनाल, पूर्णबहादुर रानाभाटले बोलेका थिए। विनियोजन विद्येकमा श्रीकृष्ण देवकोटा र माधव अर्यालले आफ्नो भनाई थियो।  

सभामा बोल्दै प्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गरिन। सबै जना जनप्रतिनिधिको एक मात्र उद्देश्य र संकल्प भनेको महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने धारणा राखिन। ‘महानगरबाट पनि राजनैतिक आस्थाको आधारमा भेदभाव गरिने छैन,’ उनले भनिन्, ‘विगतमा पनि त्यो किसिमको वातावरण थिएन। अबको कार्यकालमा पनि हुनु हँदैन। सहमति सहकार्य र एकजुट भएर भरतपुरको विकासमा सर्मपित हुन सबैलाई आग्रह गर्छु।’ उप–प्रमुख चित्रसेन अधिकारीलेवडादेखि महानगर सम्मका सबै कर्मचारीहरुलाइ आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। 

महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समधानको लागि सधै सल्लाह सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। अहिले वडामा २ करोड ५० लाख रुपैयाँका दरले बजेट विनियोजन भएपनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने बताए।  सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, वडाध्यक्षहरु केशव महर्जन, लेखराज पन्त, प्रकाश दवाडी, राजेन्द्रमणि काफ्ले, निवर्तमान वडा अध्यक्ष अरुण पीडित भण्डारी लगायतले आफ्नो धाराणा राखेका थिए।  

यसैबिच नगरसभामा बोल्दै महानगरपालिकाका सदस्यहरुले बजेटलाई महानगर केन्द्रित गरेको बताएका छन्। वडा तहमा बजेट विनियोजन नगरेर महानगर केन्द्रित गरेको बताएका हुन्। नगरसभामा बोल्दै सदस्य सर्यूप्रसाद खनालले वडा तहमा कम बजेट विनियोजन गरेको दुखेसो गरे। महानगरपालिकाले ५ अर्व ७४ अर्व बजेटमा वडा तहमा २ करोड ५० लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ। 

यस्तै नगरसदस्य पूर्णबहादुर रानाभाटले व्यक्तिको जग्गा मिचेर बनाईएको जग्गाको नक्साङकन गर्नुपर्ने धारणा राखे। नगर सदस्य रेशमराज थापाले फोहोर मैला उठाउन वडालाई नै जिम्मा दिनुपर्ने बताए। अहिले फोहोरमैला व्यवस्थापन शुल्क बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न वडालाई अधिकार दिनुपर्ने बताएका हुन्।

प्रकाशित: १२ असार २०७९ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App