८ वैशाख २०८१ शनिबार
अर्थ

फरवाड लघुबित्तको ताप्लेजुङद्वारा स्थापना दिवसमा वृक्षरोपण

स्थापनाको ११ वर्ष पूरा भई १२ वर्ष प्रवेश गरेको अवसरमा फरवाड माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले वृक्षरोपण गरेको छ। 

हरेक वर्षको असार १२ गतेलाइ फरवाडले आफ्नो स्थापना दिवस मान्छ। फुङलिङ नगपालिका वडा नं ६ स्थित बाँजोगरा आधारभूत सामुदायिक विद्यालय परिसरमा एभोकाँड,कागति र सल्ला प्रजातिका १२ वटा विरुवा रोपिएको फरवाड माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक युवराज खतिवडाले जानकारी दिए। 

फुङलिङ नगरसभाका सदस्य समेत रहेका सो विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष जयप्रकाश लिम्बूले फरवाड माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गरी विद्यालय परिसरमा फलफुल र सल्ला प्रजातिका विरुवा रोपण गरेको प्रसन्नता व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक खड्गबहादुर थापाले बिद्यालय परिसरमा रोपिएका बिरुवा हुर्काउने बढाउने दायित्व अब बिद्यालयको हुने बताए। 

विरुवालाइ तारजाली समेतले बेरेर सुरक्षित गरिएकोले यसको संरक्षणका लागि विद्यालयले विशेष ध्यान पुर्‍याउने प्रअ थापाको भनाइ थियो। फरवाड माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखा प्रवन्धक खतिवडाका अनुसार ताप्लेजुङमा फरवार्डको शाखा २०६७ सालमा स्थापना भएको हो। फरवार्डले यहाँका २ हजार ३ सय बढी सदस्यलाइ समेटेको खतिवडाले जानकारी दिए। नेपाल राष्ट्र बैंकबाट‘घ’वर्गको इजाजत प्राप्त फरवाड माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्था हो। 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २४.६४ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८४.६३ प्रतिशत बढेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ।

प्रकाशित: १२ असार २०७९ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App