१६ चैत्र २०८० शुक्रबार
अर्थ

धमाधम बजेट ल्याउँदै स्थानीय तह

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ। उपमहानगरको आठौं नगरसभामा प्रमुख मनोज साहले बजेट प्रस्तुत गरेका थिए।

‘अपन संस्कृति अपन पहिचान, स्वच्छ, समृद्ध नगर अभियान’ मूल नारा लाई सार्थक बनउने प्रमुख साहले नगरसभामा प्रतिवद्धता व्यक्त गरेका थिए। फोहरमैला व्यवस्थापन, धार्मिक पर्यटनको विकास, गुणस्तरीय शिक्षा, कृषि यान्त्रिकरण, रोजगारी सिर्जना, स्वास्थ्य सेवामा सुधार, सहरी सौन्दर्यीकरण, हरियाली प्रवद्र्धन, सुशासन आदिलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ। साथै स्थानीय भाषामा पाठ्यक्रम निर्माण, मेयर र उपमेयरसँग बालबालिका, एक वडा एक खेल मैदान र एक विद्यालय एक खेल मैदान जस्ता युवा केन्द्रित योजनाहरू पनि नीति तथा कार्यक्रममा उल्लेख छन्।

यस्तै सप्तरीको अग्नीसाईर कृष्णसावरन गाउँपालिकाकाले १० औं गाउँसभाबाट आर्थिक वर्ष २०७९/८० को लागि ५१ करोड ६७ लाखको बजेट प्रस्ताव गरेको छ। कृषि पर्यटन र पूर्वाधार विकास प्रवद्र्धनमा टेवा पुर्याउने गरी बजेट ल्याइएको अध्यक्ष दिनानाथ चौधरीले बताए।  

लहान नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट १ अर्ब २६ करोड ९१ लाख ३० हजार बजेट प्रस्ताव गरेको छ। प्रमुख महेश प्रसाद चौधरीले १० औं नगरसभामामा प्रस्ताव गरेको नीति तथा कार्यक्रममा खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारलगायतलाई  प्राथमिकतामा राखेको बताए।  

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि ४४ करोड ८२ लाख २० हजार ४०० रुपैयाँ प्रस्ताव गरेको छ। कुल बजेटको चालुतर्फ २५ करोड ८५ लाख ११ हजार ६ सय ५० रुपैयाँ र पुँजीगततर्फ १८ करोड ९७ लाख ८ हजार ७ सय ५० रुपैयाँ रहेको छ।

प्रकाशित: ११ असार २०७९ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App